आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँच महिनामा ६ खर्ब व्यापार घाटा

AuthorAP Khabar२०७५ माघ ४, शुक्रबार (५ साल अघि) ३४१ पाठक संख्या

काठमाडौं  , माघ ४ :  चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ ।

गतवर्षको यही अवधिमा नेपालबाट १० दशमलव १ प्रतिशत निर्यात थियो । तर यस वर्ष भने एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११ दशमलव २ प्रतिशत पुगेको छ । निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो ।

आव २०७४।७५ को मङ्सिरसम्ममा १८ दशमलव२ प्रतिशत रहेको छ । आयात वृद्धिदर महिनामा १६ प्रतिशतले वृद्धि भई ३४ दशमलव २ प्रतिशत पुगेको छ । नेपालीको उत्पादनभन्दा उपभोग गर्ने संस्कृतिमा वृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हुँदैगएको हो ।

अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था झन्डै बराबरी हुनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दीगो विकासमा राम्रो संकेत होइन ।

वस्तुगत आधारमा चालू आवको ५ महिनामा ६ खर्ब ७ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । सवारी साधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपूर्जा, एमएसबिलेट, अन्य उपकरण तथा पार्टपूर्जा, तरकारी फलफूल, तथा चामललगायत अन्य खाद्यान्नको आयात पनि बढेको छ । निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ ।

चालु आवको ५ महिनामा ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान निर्यात भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस