आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एभरेष्ट र माछापुच्छ्रे बैंकको वित्तीय विवरण सार्वजनिक

AuthorAP Khabar२०७५ माघ ४, शुक्रबार (५ साल अघि) ४०० पाठक संख्या

काठमाडौं , माघ ४ :  वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने शुक्रबार एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । शुक्रबार प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म एक अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको गत वर्षको सोही अवधिमा रु एक अर्ब २२ करोड नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकले एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप सङकलन गरी एक खर्ब पाँच अर्ब बराबरको ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अुनपात ७६ दशमलव २३ प्रतिशत रहेको छ ।

यस्तै माछापुच्छ्रे बैंकले शुक्रबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ६२ प्रतिशत नाफा कमाएको उल्लेख छ । गत पुस मसान्तसम्म ७८ करोड १३ लाख रुपैयाँ बराबरको नाफा गरेको गरेको बैंकले अघिल्लो आवको सोही अवधिमा ४८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ८५ अर्ब १७ करोड निक्षेप सङ्कलन गरी ७४ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको छ महीनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ । बैंकले गत पुस मसान्तसम्ममा एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले रु ५७ करोड मात्रै नाफा गरेको थियो । बैंकले सो अवधिमा निक्षेप सङ्कलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ । बैंकले गत पुस मसान्तसम्म एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब ४९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस