आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोटरसाइकलको बजेटले दमकल

AuthorAP Khabar२०७५ माघ ५, शनिबार (५ साल अघि) ३०९ पाठक संख्या

काभ्रेपलाञ्चोक  , माघ ५ : पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको छ । नगर प्रमुख महेश खरेलले नगरको आवश्यकतालाई प्राथमिकता दिँदै कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताउनुभयो ।

नगरको चालू आर्थिक वर्षमा २१ लाख ७५ हजार वडाध्यक्षका लागि मोटरसाइकल खरीद गर्न बजेट छुट्याइएको थियो । त्यस बजेटमा नगरको समग्र एकीकृत योजनाको केही रकम तथा अन्य खर्च जोगाएर करीब ७१ लाखमा दमकल खरीद गरिने नगरप्रमुख खरेलले जानकारी दिनुभयो ।

उहाँले यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्नुपरेको बताउनुभयो । गतसाल नगर प्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको ४५ लाख तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा राखिएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस