आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘सरकारले कर्मचारी र प्रहरीमा हस्तक्षेप गर्यो’

AuthorAP Khabar२०७५ माघ ५, शनिबार (५ साल अघि) ३४९ पाठक संख्या

कास्की  , माघ ५ : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले  कर्मचारी, प्रहरी लगायत निकायमा सरकारले  हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाउनुभएको छ ।

कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन  प्रदेश कार्यसमिति गण्डकीले शनिबार पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उहाँले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यता विपरित कर्मचारी, प्रहरी हस्तक्षेप र नियन्त्रण गर्न खोजेको बताउनु भयो ।

सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको भनाइ राख्नुभयो । सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको उहाँको भनाइ छ ।
‘वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ’ उहाँले भन्नुभयो, ‘हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले काम गर्ने अवसरको सदुपयोग गर्न नसकेको आरोप लगाउनुभयो । ‘देशमा अहिलेजस्तो राजनीतिक स्थिरता र शान्ति यसअघि कहिल्यै पनि प्राप्त हुन नसकेको छैन’ उहाँले भन्नुभयो, यस्तोअवसर पाउँदा पनि सरकारले सदुपयोग गर्न सेकन । सरकार असफल भयो ।’

प्रतिक्रिया दिनुहोस