आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१३ वर्षीया किशोरी बसिन आमाको किरिया, बचेनन् कोही सहारा

AuthorAP Khabar२०७५ माघ ५, शनिबार (५ साल अघि) ४२२ पाठक संख्या

झापा , माघ ५ : छोरी जन्मेपछि उनलाईृ ठुलो मान्छे बनाउने सपना बोकेर कामाउन मुग्लान पसेका सविनाको बुवा १३ बर्ष बितिसक्दा पनि घर फर्कीएका छैनन् । न त मान्छे आए न खबरनै आयो । बुवा नफर्कीए पनि आमाको माया, ममतामा हुर्कदै गरेकी सविनाको एउटै साहारा आमालाई पनि दैवले हर्यो । उनि टुहुरो बनिन् । झापा मेचिनगर ११ घर भएकी १३ बर्षीया सविना कोही आफन्त नभएपछी आफै आमाको काजकिरीया गर्न बसेकि छिन् ।

मुटुरोगबाट ग्रसित उनकी आमा शर्मीला मेचेको बिहिवार मत्यु भए पछि सविना आफै आमाको किरियामा बसेकी हुन् । गह भरि आँसु पार्दै सविनाले भनिन्, ‘बुवालाई कहिल्यै देख्न पाइन्, पैसा कमाउन भारत जानुभएको रे, आमाले पनि छोडेर जानुभयो, अब एक्लै कसरी बाच्ने होला ।’ उनिले थपिन ‘अरुकै जग्गामा यो एउटा झुप्रो छ, आमाले खोलामा ढुङ्गा टिपेर गुजारा चलाउने गरेका थियौ, आमालाई मुटुरोग लागेपछि मैले पनि ८ कक्षा बाटै पढाई छोडेर आमालाई सघाउथेँ अब…’ उनि डाकोछोडेर रुन थालिन् ।

मेचे समुदायमै महिला किरियामा बसेको यो पहिलो पटक भएको सोहि वार्डका वार्ड अध्यक्ष सन्तोष मेचेले बताउनुभयो । उहाँका अनुसार मेचे संस्कारमा आमा–बुवाको किरिया १३ दिनसम्म छोराले गर्ने चलन रहेको थियो । परिवारमा अन्य सदस्य नभएकाले उनले आमाको किरिया गरेको अध्यक्ष मेचेले बताउनुभयो । उहाँले काजकिरीया खर्च जुटाउन नगरपालिकामा पहल गर्ने वचनवद्धता जनाउनुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस