आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नियोजीत रुपमा अविश्वास लगाइयो जनज्योतीका अपदस्त अध्यक्ष सापकोटाको आरोप

AuthorAP Khabar२०७५ माघ ५, शनिबार (५ साल अघि) ४८४ पाठक संख्या

AP डेस्क

जीतपुर, माघ ५ : जनज्योती बचत तथा ऋण सहकारी रजघट्टाका वर्तामान अवदस्त अध्यक्षले नियोजीत रुपमा आफुहरुलाई सहकारीमा बदनाम गराएर अविश्वासको प्रस्ताव लादिएको आरोप लगाउनुभएको छ ।

बाराको जीतपुरसिमरा उपमाहानगरपालीका–१४ रजघट्टास्थित जनज्योती बचत तथा ऋण सहकारी संस्थाको गत पुस २१ गते सम्पन्न आठौँ बार्षिक साधारणसभाले अबिश्वासको प्रस्ताव राखी अपदस्त गराएका संस्थाका अध्यक्ष लगायतका पदाधिकारीले शनिवार सिमरामा पत्रकार सम्मेलन गरी सो आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अपदस्त अध्यक्ष हरीप्रसाद सापकोटाले कुनैपनी संस्थका कार्यसमिती सदस्यहरुको कार्यशैली चित्त नबुझे अबिशिवासको प्रस्ताब दर्ता गराउन पाउने बिधानमै उल्लेख भएको बताउदै अविश्वासको प्रस्ताव आउनु दुःखद् नभएको तर सो बिषयमा सम्बन्धीत ब्यक्तिले स्पस्टिकरण दिन पाउनुपर्ने कुरा माथि चिन्ता ब्यक्त गरेका थिए ।

आफुले दिएको स्पस्टिकरणमा सदस्यहरुलाई चित्त नबुझे स्वस्च्छ निर्वाचन प्रक्रियामार्फत कार्यसमिती चयन गरी आफु नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भएपनी त्यसो हुन नदिएकोमा र नियोजित रुपमा सदस्यहरुलाई छुठो जालमा फसाएर नयाँ कार्यसमिति चयन गरेको आरोप लगाए ।

उहाँले संस्थाका प्रबन्धकले गरेको हिनामिनालाई सच्याउन लगाएको समयदेखी नै आफु विरुध नियोजित रुपमा षडयन्त्र हुदै आएको बताउदै ‘कर छलीको प्रस्ताब र किर्ते भौचरमा सहि गर्न नमानेपछि हाल पदबाट हटाइएको प्रति दुखेसो पोखे ।

पत्रकार सम्मेलन बोल्दै उपाध्यक्ष तार देबी क्षेत्रीले सत्यको साथ दिँदा आफुमाथी पनी अबिश्वासको प्रस्ताब दर्ता गराईको बताईन् । ‘सहकारीमा राजनिती हाबी भयो, अराजकता निम्त्याउन थालियो ।’ उनले भनिन्, ‘हामी त्यसैको बिरोधमा थियौँ । ’

त्यस्तै सोहि साधारणसभाबाट अपदस्त सदस्य जिवन कुमार भट्टराईले संस्थाका सल्लाहकारहरुनै संस्था डुवाउने खेलमा लागेको आरोप लागाए । संस्थामा पैदा भएको कार्यसमितीको दुई धारमध्ये एक समुहलाई प्रयोग गर्दै उनिहरुले आफ्नो ईसारामा चलाउन खेजेको भट्टराईको आरोप छ ।

सहकरीका निरक्षर सदस्यहरुको किर्ते दस्खतमार्फत आफु विरुध्द बहुमत पुर्याएको उनिहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस