आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘डाक्टरले बर्बाद गरिदिए, अब मन लाग्दैन’

AuthorAP Khabar२०७५ माघ ६, आईतबार (५ साल अघि) ३८१ पाठक संख्या

काठमाडौं , माघ ६ :  पछिल्लो समय डाक्टरको असावधानीका कारण कैयौँ मानिसहरु जोखिममा पर्ने गरेका छन् । सामान्य लापरवाहीले ठूलो असर मोल्न बाध्य छन् सर्वसाधारण । भारतमा यस्ता घटना बढी मात्रामा फेला पर्दछन् । भर्खरै कानपुर महानगरमा डाक्टरले एक बिरामीसँग यस्तै लापरवाही गरेका छन् । रमाइलो जिन्दगी बिताइरहेकी ती महिलाको जिन्दगी नै बर्बाद भएको छ । उनको दाम्पत्य जीवनमा असर परेको छ । श्रीमान श्रीमती मानसिक तनावमा छन् ।

कानपुरको राज्य महिला आयोग उत्तर प्रदेशकी अध्यक्ष कहाँ यस्तो निवेदन पेश भयो की एक महिला डाक्टरले उनलाई शारीरिक सम्बन्ध गर्न अनिच्छा हुने बनाईन् । पतिले जति फोर्स गर्दापनि ती महिलालाई पीडा मात्रै हुन्छ । नर्सले ती महिलाको शरीरको एक अंग काटिदिएकी छन् । जसले गर्दा शारीरिक सम्बन्ध राख्न मन जाँदैन । घाटमपुर क्षेत्रमा बस्ने महिलाले यस्तो मुद्दा दर्ता गराएकी हुन् । गर्भवती भएकै कारण उनी माइती बस्दै आएकी थिइन् ।

पेटमा समस्या आएको भन्दै उनी नर्स कहाँ गइन् । गर्भमा शिशुको मृत्यु भएको बताएर नर्सने अप्रेशन गर्न शुरु गरिन् र अर्कै नशा काटिदिईन् । ती महिलाको आरोप छ । डाक्टरको लापरवाहीले आफ्नो जीवन बर्बाद भएको भन्दै उनी मानसिक तनावमा रहेकी छिन् । अहिले ती महिला नर्समाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस