आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘श्रीदेवी बङ्गला’का निर्मातालाई बोनी कपुरको ‘लिगल नोटिस’

AuthorAP Khabar२०७५ माघ ६, आईतबार (५ साल अघि) ४०६ पाठक संख्या

माघ ६ : २ दिन अगाडि मात्र चलचित्र ‘श्रीदेवी बङ्गला’को ट्रेलर सार्वजनिक भएको थियो । यो चलचित्रमा आँखा झिम्क्याएरै हिट भएकी प्रिया प्रकाशले काम गरेकी छिन् । प्रियालाई श्रीदेवी नाम गरेकी पात्रको भूमिकामा देखाइएको छ । तर, यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको आलोचना पनि भैरहेको छ । बलिउड नायिका श्रीदेवीको जीवनीसँग मिल्दोजुल्दो शैलीमा चलचित्रको कथा बुनिएको भन्दै यसको आलोचना भएको छ ।

यसैविच, श्रीदेवीका श्रीमान् बोनी कपुरले यो चलचित्रका निर्मातालाई ‘लिगल नोटिस’ पठाएका छन् । चलचित्रका निर्देशकले यो कुरा स्विकार गरेका छन् । उनले भारतीय मिडियासँग भनेका छन्–‘हो, हामीलाई बोनी कपुरको लिगल नोटिस प्राप्त भएको छ । हामी, यो कुरामा बहस गर्न तयार छौ । किनकी, मेरो चलचित्र सस्पेन्स थ्रिलर कथामा आधारित छ । श्रीदेवी जुनसुकै महिलाको पनि नाम हुनसक्छ । मेरो चलचित्रको मुख्य पात्रको लक्ष्य नै नायिका बन्नेछ । यसैले, यो कानुनी लडाइ लड्न हामी तयार छौ ।’

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस