आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हत्याको हत्या विरोधमा अत्तरिया बन्द, प्रादेशिक महोत्सव स्थगित

AuthorAP Khabar२०७५ माघ ६, आईतबार (५ साल अघि) ३८८ पाठक संख्या

कैलाली , माघ ६ :  शनिबार बेलुका एक युवकको हत्यापछि अशान्त बनेको अत्तरिया बजार बन्द छ । दुई युवा समुहबीच भएको झडपमा एक जनाको मृत्यु भएको हो ।

मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै अत्तरिया बजार बन्द गराएका हुन् । अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट फर्किने क्रममा युवाहरुबीच झगडा हुँदा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको अत्तरिया र धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यता, अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आइतबार एक दिनका लागि स्थगित गरिएको छ । युवक हत्याको शोकमा महोत्सव स्थगित गरिएको हो । महोत्सव स्थल नजिकै घटना भएका कारण एक दिनलाई स्थगित गरिएको आयोजक अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताउनुभयो ।

कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार प्रहारबाट भट्टको मृत्यु भएको बताउनुभएको छ । मृतक भट्टको दाँया र बाँया छातीमा गहिरो चोट रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो ।

घटना लगत्तै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो । त्यहाँबाट सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको तिम्सिनाको भनाइ छ । झडपमा संलग्न भई धारिलो हतियार प्रहार गर्ने समूहको पहिचान भइसकेको प्रहरीले बताए पनि संलग्नहरुको नाम भने गोप्य राखिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस