आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठोरीमा जंगली हात्तीले ३ घर भत्कायो

AuthorAP Khabar२०७५ माघ ६, आईतबार (५ साल अघि) ३५७ पाठक संख्या

वीरगञ्ज , माघ ६ :  चितवन र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको ठोरी गाउँपालिका हात्ती आतंकले स्थानीय वासिन्दा हैरान भएका छन् ।

शनिबार राति वडा नं १ मा आएको जंगली हात्तीले ३ वटा घरमा क्षति पुर्‍याएको छ । राति ११ बजे बस्तीमा पसेको जंगली हात्तीले स्थानीय होमनाथ अधिकारी, चन्द्रबहादुर सुनारी र लालकाजी गुरुङको घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

हात्तीले घरमा रहेको चामल, पिठो र अन्य खाद्यान्न सामाग्रीहरु खाएर र छरेर नष्ट गरिदिएको पीडितहरुले बताएका छन् । हात्तीले ती घरहरुमा अन्दाजी १ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

जंगली हात्ती मानव बस्ती पसेको जानकारी अगाडि नै पाएका कारण स्थानीयले भने सुरक्षित स्थानमा भागेर ज्यान जोगाएका थिए । हात्ती बस्तीमा पसेका कारण स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका थिए ।

स्थानीय र प्रहरी मिलेर राति होहल्ला गर्दै हात्ती लखेट्ने प्रयास गरेको भए पनि रातभर जंगली हात्ती गाउँमै बसेको थियो ।

हातमा लौरो, घरेलु हतियार बोकेर टिनको डब्बा ठटाउनुको साथै राँको बालेर होहल्ला गर्दासमेत हात्ती रातभर गाउँमै बसेको गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए । बिहान ४ बजेतिर मात्रै हात्ती जंगल पसेको थियो ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस