आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०५९ साल ब्याचका विद्यार्थीले गरे फकिरा गिरी राजेश्वर गिरी विद्यालय परिवारलाई सहयोग

AuthorAP Khabar२०७५ माघ ७, सोमबार (५ साल अघि) ५५५ पाठक संख्या

AP डेस्क

जीतपुर,माघ ७ : श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालय जीतपुरमा २०५९ सालमा एस.एल.सि दिएका विद्यार्थीहरुले श्री फकिरा गिरी राजेश्कर गिरी माध्यमीक विद्यालय परिवारलाई सहयोग हस्तान्तरण गरेको छ ।

वि.स. २०५९ साल ब्याचका विद्यार्थीले फकिरा गिरी राजेश्वर गिरी विद्यालय परिवारलाई विद्यार्थी र शिक्षकलाई सुविधा हुने गरी पानी तताउने र चिसो बनाउने मेसिनका साथै प्राथना गर्न साउण्ड बक्स हस्तान्तरण गरेको हो ।

विद्यालयको शैक्षिक स्तरमा हुदै गएको सुधारमा थप उर्जा दिन २०५९ सालमा एस.एल.सि दिएका विद्यार्थीहरुले सो सहयोग हस्तान्तरण गरेको हो । पछिलो समय छरिएर रहेका २०५९ सालका एस.एल.सि विद्यार्थीहरुले आफु पढेको विद्यालयमा केहि गर्न सके त्यहाँका शैक्षिक वातावरणमा सुधार आउने भन्दै संगठित भएर यो कार्यक्रम गरेको अगुवा विदुर ढकालले जानकारी दिनुभएको छ ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका ढकालले अगामी दिनमा यस विद्यालयको सुधारमा आफुहरुको लगानि बढदै जाने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । उहाँले आज विद्यालय परिवारलाई दिएको सहयोग सानो भएको तर यसको संरक्षण गर्न सके अगामी दिनमा यस भन्दा बढि सहयोग गर्न २०५९ सालमा एस.एल.सि दिएका साथीहरु आतुर रहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले विद्यालयलाई सहयोग गरेर यो २०५९ सालको ब्याच यस क्षेत्रमै पहिलो उदाहरणीय काम गर्न सफल भएको प्रति धन्यवाद दिनुभएको थियो ।

उहाँले कुनैपनि काम एकलैले गर्न नसक्ने भन्दै आफुले विद्यालय सुधारका लागि चलाएको अभियानलाई यस कार्यले थप मदत पुग्ने विश्वास गर्नुभएको थियो ।

कार्यक्रममा जीतपुर विद्यालयका सहायक प्रधानाध्यापक धनन्जय गौतम, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पासवान, मोहरम मंसुर, शक्ति गुप्ता, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक रामउदयराज शर्मा, प्रहरी हवलदार संतोषकुमार झा, स्थानिय समाजसेवि धन्श्याम गिरी, राजुराज गिरी, रामबाबु कल्वार, शिक्षा प्रेमी कालिका ढकाल, महिला नेतृ विभा गुप्ता लगाएत विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

अनिल तिवारीको सहजिकरण र संतोष श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा २०५९ साल ब्याचका महेश्वर चौरसीया, अर्विन मगर, राम थापा, राजकुमार गिरी, मनोहर गौरो, सरोज गौरो, संगीता थापा लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस