आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुल निमार्णमा गुणस्तरहिन सामाग्रीको प्रयोग स्थानीयद्वारा कडा बिरोध

AuthorAP Khabar२०७५ माघ ८, मंगलबार (५ साल अघि) ५१९ पाठक संख्या

रौतहट, माघ ८ : रौतहटमा पुल निर्माण मा व्यापक अनियमितता भएको भन्दै स्थानीयले निमार्णको काम रोकेका छन । सहरी विकास तथा भवन निर्माण विभागका उच्च पलमा रहेका कर्मचारीहरूकै मिलोमतोमा सडक तथा पुल निर्माणमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले काम रोकेका हुन ।

करिब एक बर्ष अघि पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले  शिल्यान्यास गरेको करिब ५२ किलोमिटर सडकको निर्माणमा गुणस्तरहिन काम भएको स्थानियको आरोप छ ।

गौर , राजदेवी नपा  तथा यमुनामाई गाउपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत करीव दुई अर्ब भन्दाबढीको आयोजना संचालनमा छन । ति आयोजना अन्र्तगतको काम गुणस्तरहित भएको गुनासो छ ।

स्वच्छन्द ढुकुछु आश्रय जेभीले ठेक्का लिएर गत बर्षदेखि नै निर्माण गरिरहेको सडकमा पहिलो  चरणको माटो पुर्ने र पुल निर्माणको काम गुणस्तरहीन रहेको आरोप छ ।

विभागकै कर्मचारीको मिलेमतोमा ठेकेदारले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेर सडक निर्माण गरिरहेको गुनासो छ ।कमसल  निर्माण सामाग्री प्रयोग गरेपनि सम्बन्धित निकाय समेत मौन बसेकोले  काम रोकेको उनीहरुले बताउका छन ।

नेकपाका युवा नेता तथा प्रदेश सदस्य शम्भु साहले  पुलको वेस ढलानमा गुणस्तरहिन सामाग्री प्रयोग भएको बताए ।गिटी, बालुवा र गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोगले  निर्मित सडक, पूल पछि  जोखिम निम्ताउने नेता साहको भनाइ छ ।

आश्रय निर्माण सेवाका प्रोप्राइटर रामश्रे प्रसाद साहले  स्टीमेट अनुसार नै निमार्ण कार्य भैरहेको दावी गरेका छन । पुल ढलान गर्न राखिएको गिटीको साइज ठुलो छ । स्टमेट भन्दा ठुलो साइजको गिटीले ढलान गर्न नमिल्ने स्थासनयको भनाइ छ ।

सघन सहरी भवन निर्माण आयोजनाका इन्जिनियर सञ्जीवकुमार यादवले पटक पटक ठेकेदारलाइ सचेत गराएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस