आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपमेयर खातुनले ६२४ जना बिद्यार्थी लाई गरे छात्रवृति वितरण

AuthorAP Khabar२०७५ माघ ८, मंगलबार (५ साल अघि) २८५ पाठक संख्या

रौतहट,०८ माघ :रौतहट जिल्लाको कटहरिया नगरपालिका स्थित रहेको श्री माध्यमिक विधालय वगहीमा छात्रवृति वितरण कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको शिक्षा कार्यालयले उपलब्ध गराएको छात्रवृति रकमलाइ एक समारोह विच ६२४ जना बिद्यार्थीलाई वितरण गरिएको छ।

कटहरिया नगरपालिका द्वारा आयोजित छात्रवृति वितरण कार्यक्रममा वगही स्कुलको काक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई उपमेयर खातुनले छात्रवृति वितरण गरेकी छिन ।

कटहरीया नगरपालिकाका उपमेयर नूरजहाँ खातुनले प्रमुख आतिथ्य कार्यक्रममा छात्र छात्राहरूलाई भेला गराई ६२४ विद्यार्थीलाई छात्रवृति वितरण गरेका छन् ।

सो कार्यक्रमको प्रमुख अतिथि उपमेयर खातुन ५४४ छात्रा तथा ८० छात्रलाई छात्रवृति वितरण गरेका छन् ।

दलित तथा जेहेन्दार विद्यार्थीलाई ५०० का दरले र बाकीलाई २०० का दरले जम्मा एक लाख ८१ हजार ८ सयको छात्रवृति वितरण गरिएका छन् ।
जिल्ला शिक्षा कार्यालयले १ लाख ७७ हजार २८० र विद्यालयका ४ हजार ५२० रकम जम्मा गरेर एक लाख ८१ हजार ८ सयका छात्रवृति वितरण गरेको विद्यालयका प्रधानाध्यापक पवन पंडितले जानकारी दिए ।

कार्यक्रममा शिक्षा प्रमुख नन्द किशोर गुप्ता,समाजसेवी यूवा नेता नसरूदिन अंसारी, वडा अध्यक्ष हरिभजन साह, शिक्षक, शिक्षिका, अभिभावक लगाएतका रोहवरमा छात्रवृति वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस