आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शौचालयको ट्यांकीमा हजुर बा र नातीको मृत्यू

AuthorAP Khabar२०७५ आश्विन ९, मंगलबार (५ साल अघि) ५३६ पाठक संख्या

श्याम गुप्ता
बिरगंज , ९ असोज :
पर्साको छिपहरमाई गाउँपालिका वडा नं.५ भिष्वामा निर्माणधिन पक्की शौचालयको ट्यांकीमा फँसेर दुई जनाको मृत्यु भएको छ ।
निर्माणाधिन अवस्थामा रहेको ट्यांकीलाई मंगलवार पलाष्टर गर्ने उद्देश्यले सफाई गर्न खोज्दा टन्की मैं फसेर ५१ वर्षिय हजुर वुवा पलटन साह तथा १२ वर्षिय नाती गौतम कुमारको मृत्यु भएको हो ।
विहान करिब आठ बजेको समयमा ट्यांकीको माथिल्लो ढक्कन हटाएर भित्र छिरेका हजुर वुवा र नातीको शव ११ बजे ट्यांकीबाट निकालिएको प्रहरीले जनाएको छ ।
खाना खाने समयमा परिवारजनले खोजी गर्दा ट्यांकीमा दुबै जना मृत अवस्थामा फेला परेका थिए । ट्यांकीमा आवश्यक अक्शिजन नपाएर उनीहरुको मृत्यु भएको हुँन सक्ने अनुमान गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी भिष्वाको सहयोगमा शवलाई पोष्टमार्टमका लागि बिरगंजको नरायणी अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस