आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बसबाट ओर्लदा लडेर मृत्यु

AuthorAP Khabar२०७५ माघ ९, बुधबार (५ साल अघि) ५२४ पाठक संख्या

भक्तपुर  , माघ ९ : कटुञ्जे प्रगतिचोकमा एक यात्रुको बुधबार बसबाट ओर्लने क्रममा लडेर मृत्यु भएको छ ।

ओखलढुङ्गा ज्यामिरे २ की प्रतिमा वाग्ले बानिँया बसबाट ओर्लदा लडेकी हुन् । कटुञ्जे प्रगतिचोकमा बस्दै आएका ४० वर्षीया बानिँया काठमाडौंबाट जगातीतर्फ आउदै गरेको बा ४ ख ९३९० नम्बरको बसबाट ओर्लदा ढोकाबाट लडेकी थिइन ।

सडकमा लडेकी उनलाई त्यही बसले ठक्कर दियो । उनको डाईवामुरा अस्पताल सल्लाघारी लगियो । त्यसपछि थप उपचारको अन्नपुर्ण न्यूरो अस्पताल पुर्याइयो । उनको अन्नपुर्ण न्यूरोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिकाका २७ वर्षीय नवराज नेपाल पक्राउ परेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस