आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जंगली फल खाँदा १७ जना बिरामी

AuthorAP Khabar२०७५ माघ ९, बुधबार (५ साल अघि) ४८१ पाठक संख्या

सिरहा  , माघ ९ :  जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ ।बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाएपछि उनीहरु बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बिरामी हुनेहरुमा सखुवानान्कारकट्टी गाउँपालिका–१ मौवाहीकी ३५ वर्षीया शिवकुमारी सदाय, उनकी ५ वर्षीया छोरी सम्झना सदाय, ३२ वर्षीया नयन कुमारी सदाय, उनका ३ वर्षीय छोराअविन, देवनारायण सदायका ४ वर्षीय छोरा अमित कुमार सदाय छन् ।

यस्तै, संजय सदायका २ वर्षीय छोरा संजित सदाय, ४ वर्षीया चन्द्रिका सदाय, ठगदेव सदायका ७ वर्षीय छोरा अशोक सदाय, सगुनिया सदायका ७ वर्षीय करण सदाय, अगुन सदायकी ५ वर्षीया छोरी कल्पना सदाय, ६ वर्षीय छोरा रविन सदाय, लक्ष्मण सदायकी ७ वर्षीया छोरी पविता सदाय, देबिन्दर सदायका ८ वर्षीय छोरा जीवन सदाय, ९ वर्षीय सन्तोष सदाय, ५ वर्षिया छोरी सजन कुमारी सदाय, छोटका सदायका १० वर्षीय छोरा शनिचर सदाय र लक्ष्मण सदायकी ४ वर्षिया छोरी सञ्जना सदाय बिरामी परेका छन् ।

बिरामी सबैलाई लहानस्थित राउ स्मारक अस्पताल, सिरहा अस्पताल र कामना नर्सिङहोम लहानमा भर्ना गरिएको प्रहरी चौकी सितापुरले जनाएको छ ।

बिरामीमध्ये सञ्जना सदायको अवस्था चिन्ताजनक रहेको र उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस