आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको पसाहा पुल नजिक दुर्घटना, एकको मृत्यु, एक घाईते

AuthorAP Khabar२०७५ माघ ९, बुधबार (५ साल अघि) ५०३ पाठक संख्या

पथलैया , माघ ९ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक घाईते भएका छन् । झापाबाट कोइला बोकेर आउदै गरेको ना८ख १३३८ नम्बरको ट्रेलरले ईरिक्सालाई ठक्कर दिदा कोल्हबी नगरपालिका ८ काटगाँउका दिपक चौधरीको मृत्यु भएको हो

ठक्करबाट सोही ठाउका रिक्सा चालक गणेश चौधरी घाईते भएका छन् । उनको सिमरास्थित अल्पाईन अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएको ईलाका प्रहरी कार्यालय निजगढका बिक्रम लामाले जानकारी दिए ।
ट्रेलरको ठक्करबाट घाईते दिपकलाई उपचारका लागि अल्पाईन अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । मृतकको शव अस्पतालमै राखिएको र परिवारलाई खबर गरिएको प्रहरी निरिक्षक लामाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस