आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कचल्टियाे मलेसिया रोजगारी, दुबै देशका आफ्नै अडान

AuthorAP Khabar२०७५ माघ ९, बुधबार (५ साल अघि) २८८ पाठक संख्या

काठमाडौं  , माघ ९ :  नेपाली श्रमिक मलेसिया पठाउन ३ महिनाअघि श्रम सम्झौता भए पनि बाटो अझै खुल्न सकेको छैन । दुबै देशका आआफ्नै संरचनागत अडानका कारण रोजगार प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

मलेसियाले नेपाली श्रमिक पठाउने क्रम पुनः थाल्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएपछि प्रक्रियामा अवरोध देखिएको हो । मलेसियाले ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने जनाएको छ । तर श्रम मन्त्रालय जसरी पनि भेन्डर बदल्ने पक्षमा रहेको छ ।

परराष्ट्र मन्त्रालयले मलेसिया सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण एवम् सञ्चालन प्रक्रियाका बारेमा राखेको जिज्ञासामा प्रत्युत्तर दिँदै दूतावासले आईएससीमार्फत सुरक्षा जाँच गर्नुपर्ने र मलेसिया सरकारले अनुमति दिएका संस्थाबाट बायोमेडिकल सिस्टममार्फत स्वास्थ्य जाँच गराउनुपर्ने उल्लेख गरेको छ । समाचार आजको अन्नपूर्ण पोस्ट्दैनिकमा प्रकाशित छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस