आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माधुरी दिक्षित र अनिल कपुर १८ बर्षपछि सँगै

AuthorAP Khabar२०७५ माघ ९, बुधबार (५ साल अघि) ४६० पाठक संख्या

मुम्बई , माघ ९ : बलिवुडकी एक समयकी नम्बर एक अभिनेत्री माधुरी दिक्षितले पछिल्लो समय एकपछि अर्को ठुलो बजेटको फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय फिल्ममा खासै नदेखिएकी माधुरी अब एकपछि अर्को गर्दै ठुलो बजेटको फिल्म आउन लागेको हो ।

माधुरीले १८ बर्षपछि अभिनेता अनिल कपुरसँग अभिनय गरेको फिल्म टोटल धमाल आगामी फेब्रुअरी २२ मा रिलिज हुदै छ । हालै सार्वजनिक ट्रेलरलाई दर्शकले अत्यधिक रुचाएका छन् । टोटल धमालपछि माधुरीले धर्मा प्रोडक्सनको फिल्म कलंक पनि यसै बर्ष रिलिज हुदै छ ।

माधुरीले कलंकपछि चर्चित फिल्म निर्देशक लव रंजनको फिल्ममा अभिनय गर्ने तय भएको बताइएको छ । नाम फाइनल नभएको सो फिल्ममा माधुरीको विशेष भूमिका हुने मिडिया रिपोर्ट बाहिरिएको छ ।

टोटल धमाल मल्टी स्टार फिल्म रहेको छ । माधुरी र अनिल कपुरको जोडीलाई यस फिल्ममा देख्न सकिन्छ ।  यस फिल्ममा माधुरी, अनिल कपुरका अलावा अजय देवगन, रितेश देशमुख, अर्शद वारसी, जावेद जाफरीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्म धमालको तेस्रो सिरिज हो भने फिल्मलाई इन्द्र कुमारले निर्देशन गरेका हुन् । ।

प्रतिक्रिया दिनुहोस