आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘अस्पताललाई गुणस्तरीय बनाउन बजेट अभाव’

AuthorAP Khabar२०७५ माघ ९, बुधबार (५ साल अघि) ३३७ पाठक संख्या

काठमाडौं , माघ ९ : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन बजेटको अभाव रहेको बताउनु भएको छ । उपप्रधानमन्त्री यादवले आफूले अस्पतालहरुको सेवालाई गुणस्तरीय बनाउन प्रयास गरिरहे पनि बजेटको अभावमा त्यसमा सुधार आउन नसकेको पनि स्पष्ट पार्नु भयो ।

बुधबार मन्त्रालयले गरेको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मन्त्रालयका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो पनि गर्नु भयो । उहाँले अर्थ मन्त्रालयले आवश्यक्ता अनुसार बजेटको व्यवस्था गरे अस्पतालको सेवा गुणस्तरीय बनाउने कामले तीव्रता पाउने विश्वास पनि व्यक्त गर्नु भयो । जनशक्तिको अभावमा पनि अस्पतालहरुको गुणस्तर वृद्धि गर्न कठिनाई भईरहेको उपप्रधानमन्त्री यादवको भनाई छ ।

सरकारले चालू आर्थिक वर्षका लागि कूल बजेटको ४ प्रतिशत बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि छुट्टयाएको छ । सो बजेट तलव भत्तामै खर्च हुने भएकाले अस्पतालको सुधार गर्ने आफ्नो प्रयास असफल हुन गएको उपप्रधानमन्त्री यादवको भनाई छ । उपप्रधानमन्त्री यादवले अस्पतालहरुमा गुणस्तरीय सेवा दिन नसक्दा स्वास्थ्य विमा कार्यक्रम पनि प्रभावकारी हुन नसकेको स्मरण गराउनु भयो । उहाँले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सबै प्रदेशमा विशेषज्ञसहितको सेवा उपलब्ध गराउने गरी अस्पतालहरुको स्तरोन्नति गर्ने तयारी गरिरहेको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी स्वास्थ्यसम्बन्धि कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेशमा आयुर्वेद अस्पताल स्थापनाका लागि मन्त्रीपरिषद बैठकबाट सैद्धान्तिक स्विकृति लिएको, विराटनगरस्थित कोशी अंचल अस्पताल, वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, नेपालगंजस्थित भेरी अंचल अस्पताल र डडेलधुरामा रहेको उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवासहितको टरसरी अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रियालाई अघि बढाइएको पनि जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस