आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लागू औषधसहित चार पक्राउ

AuthorAP Khabar२०७५ माघ ९, बुधबार (५ साल अघि) ४२० पाठक संख्या

काठमाडौं  , माघ ९ : प्रहरीले ठूलो मात्रामा लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

रामेछाप गोकुलगंगा गाउँपालिकाका ३२ वर्षीय अशोक लामा तथा २१ वर्षीय रमेश थापामगर, चाकु मार्तिवाङका २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय विशाल श्रेष्ठ पक्राउ गरेका हुन् ।

उनीहरुलाई बांगेमुडाबाट १ हजार ४५ थान एम्पुल, १ हजार २ सय २५ ट्याब्लेट र ५ सय ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो । उनीबाट १४ हजार रुपैयाँ र १२ थान मोवाइल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस