आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खेलाडीले पाए सम्मान

AuthorAP Khabar२०७५ माघ १०, बिहिबार (५ साल अघि) ४४५ पाठक संख्या

चितवन  , माघ १० : भारतको गोवामा आयोजित प्रथम अन्तर्राष्ट्रिय समुन्द्रीतट युद्धकला खेल अन्तर्गत गोजु–रियो कराते प्रतियोगितामा पहिलो भएको नेपाली टोलीलाई आज चितवनमा सम्मान गरिएको छ । चितवनको मङ्गलपुरमा रहेको जापान गोजु–रियो कराते डो केन्वाकाई शाखाबाट प्रतियोगितामा सहभागी खेलाडीहरु सम्मानित भएका हुन् ।

सात देशका ३५० खेलाडी सहभागी भएको खेलमा १० स्वर्णसहित १७ पदक प्राप्त गर्दै नेपाल पहिलो भएको थियो । जनवरी १७ देखि २० तारिकसम्म भारतको गोवामा भएको प्रतियोगितामा नेपालबाट गोजु–रियो करातेमा सहभागी सातै जना खेलाडीले पदक प्राप्त गरेका छन् ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक राजु पौडेलका अनुसार सो प्रतियोगितामा नेपालले बक्सिङमा समेत थप दुई स्वर्ण पदक प्राप्त गरेको छ । कराते र बक्सिङ प्रतियोगितामा सहभागी भएका नौ जना खेलाडीले १९ वटा पदक प्राप्त गरेकाले खेलाडीका साथै प्रशिक्षकलाई आज नारायणगढमा सम्मान गरिएको हो ।

प्रतियोगितामा नेपाल, भारत, इरान, अफगानिस्तान, संयुक्त अरब इमिरेट, बङ्गलादेश तथा साउदी अरेबीयाका खेलाडीहरु सहभागी थिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस