आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर कारोबार सामान्य अंकले घट्यो

AuthorAP Khabar२०७५ माघ १०, बिहिबार (५ साल अघि) ४२८ पाठक संख्या

काठमाडौं  , माघ १० : धितोपत्र बजारमा बिहिबार शेयर कारोबार सामान्य अंकले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ० दशमलव २ विन्दुले घटेर १ हजार १७२ दशमलव ७८ पुगेको छ ।

ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ०८ विन्दुले घटेर २४८ दशमलव ६५ पुगेको छ । बिहिबार १५८ कम्पनीको ८ लाख ७४ हजार ८४ कित्ता शेयर २६ करोड ८८ लाख ६५ हजार ८ सय ९ रुपैयाँमा किनबेच भएको छ ।

कारोबार भएका १० उपसमूहमध्ये पाँच उपसमूहको शेयर वृद्धि भएको छ । ५ उपसमूहको शेयर घटेको छ । होटल २ दशमलव२९, विकास बैंक २ दशमलव २, निर्जीवन बीमा १७ दशमलव २७, उत्पादन ११ दशमलव ४८ र अन्य ७ दशमलव ४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ १ दशमलव ९९, जलविद्युत् ९ दशमलव ०३, वित्त ० दशमलव ३६, लघुवित्त २ दशमलव २६, जीवन बीमा १० दशमलव २२ विन्दुले घटेको छ ।

नागरिक लगानी कोष, कन्काई डेभलपमेन्ट बैंक, तिनाहुँ डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, ङादी ग्रुप अफ पावर र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीले कमाएका छन् । यस्तै जनता बैंक, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड, सेन्ट्रल फाइनान्स लिमिटेड, नागबेली लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्सुरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस