आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सामुदायी विद्यालयहरुलाई अभिभावकको छनौटको पहिलो सुचीमा ल्याउने , शिक्षा मन्त्रि पोखरेलको दाबी

AuthorAP Khabar२०७५ माघ १०, बिहिबार (५ साल अघि) ३७१ पाठक संख्या

AP डेस्क
जीतपुर, माघ १० : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरीराजमणी पोखरेलले नेपालका सामुदायी विद्यालयहरुलाई अभिभावकको छनौटको पहिलो सुचीमा ल्याउने तैयारी नेपाल सरकारले गरेको बताउनुभएको छ ।

बाराको निजगढमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ४५ औँ अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सामुदायीक विद्यालयको स्वामीत्व कसले लिने समस्याका कारण अभिभावकको रोजाईमा सामुदायीक विद्यालय पर्न नुसकेको बताउदै फाल्गुन २१ भित्र आउने ऐनले सबै सामुदायीक विद्यालयलाई अभिभावकको छनौटको पहिलो सुचिमा राखने बताउनुभयो ।

उहाँले विस २०४५ साल सम्म आधारभुत शिक्षा नलिने कुनैपनि ब्यक्तीले बैँकमा खाता खोल्न नपाउने भएकोले ८५ प्रतिशतबाट ९५ प्रतिशत साक्षरता प्रतिशत बढाउने तर त्यसपछि शिक्षीत अभियानमा नेपाललाई अगाडी बढाउने आफ्नो उद्धेश्या सहित बर्तमान सरकार अगाडी बढेको जानकारी दिनुभयो ।
उहाँले राज्यले शिक्षामा गरेको लगानी अनुसारको प्रतिफल नआएका गुनासो बढि रहेको समयमा यस गौरीशंकर माध्यमिक विद्यालय निजगढले देखाएका परिश्रमका सम्मान गर्दै यसको अनुसरण गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदारप्रसाद गौतमको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्रि पुरुषोतम पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल, नगर उपप्रमुख लिलदेवी लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयका बालबालिकाहरुले बनाएका विभिन्न विज्ञाना प्रविधिका सामानहरुलाई शिक्षा मन्त्रि पोखरेल सहित कार्यक्रममा आएका अतिथीहरुले अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस