आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौरीशंकर माध्यमिक विद्यालयका गरिब विद्यार्थीलाई ट्रयाक सुट सहयोग

AuthorAP Khabar२०७५ माघ १०, बिहिबार (५ साल अघि) ३९९ पाठक संख्या

AP डेस्क
जीतपुर, माघ १० : गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न विद्यार्थीहरुका लागि फिटवेल गारमेन्ट उद्योग र कान्तीपुर भेटका संचालकद्धयले ट¥याक सुट विदालयलाई हस्तान्तरण गर्नुभएको छ ।

विद्यालयको ४५ औँ अभिभावक दिवसको अवसर पारेर फिटवेल गारमेन्ट उद्योग र कान्तीपुर भेटका संचालकद्धय मनोजकुमार भारती, हेमराज ढकालले सो सहयोग हस्तान्तरण गर्नुभएको हो ।

वि.स. २०४७ सालमा निजगढ विद्यालयबाट एस.एल.सी दिनुभएका भारती र ढकालले आफु अध्ययन गरेको विद्यालय प्रतीको उत्तरदायीतव अन्तरगत यो काम गरेको बताउनु भएको छ । अध्ययनपछि ब्यापारमा लाग्नुभएका उहाँहरुले यस भन्दा पहिलापनि विद्यालयका शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम गर्नुभएको थियो ।

आफु पढेको विद्यालयका बालबालिकाका लागि केहि सहयोग गर्न पाउँदा खुसीका साथै आत्मसंतु्ष्टि हुने फिटवेल गारमेन्ट उद्योगका संचालक भारतीको भनाई छ । उहाँले आउदो दिनमापनि यस्तो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा एक सय विद्यार्थीहरुका लागि ट्रयाक सुट विदालयका प्रअलाई हस्तान्तरण गरीएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदारप्रसाद गौतमको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्रि पुरुषोतम पौडेल,पुर्व सांसद बलबिर चौधरी, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल, नगर उपप्रमुख लिलदेवी लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस