आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संसद बैठक : चिकित्सा शिक्षा विधेयक पारित होला ?

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ३५३ पाठक संख्या

काठमाडौं  , माघ ११ : सरकारले संसदीय समिति बैठकको निर्णयविपरित चिकित्सा शिक्षा विधेयक ल्याए कांग्रेस सांसदहरुले निषेधित क्षेत्र तोड्ने बताएका छन् । प्रतिनिधिसभा बैठक शुक्रबार (आज) बस्दैछ । बैठकमा चिकित्सा शिक्षा विधेयकमाथिको कारबाही प्रक्रिया अघि बढाउने कार्यतालिका छ ।

सरकारको तर्फबाट शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा प्रस्तुत गर्नुभएको चिकित्सा शिक्षा विधेयकमाथि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा छलफल हुने कार्यतालिका थियो । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको निर्णयविपरीत केही वाक्य नै हटाएर विधेयक ल्याएको भन्दै नाराबाजी गरेपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगन भएको थियो ।

आजको बैठकमा पनि सोही विधेयक प्रस्तुत हुने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । तर, नेपाली कांग्रेसले भने बुधबारको बैठकमा झैं सरकारले विधेयकमाथि संसदीय प्रक्रिया अघि बढाए निषेधित क्षेत्र तोडेर आन्दोलन गर्ने जनाएको छ ।

सरकारले विधेयकका केही बुँदा हटाएर नेकपाको पक्षमा ल्याएको आरोप कांग्रेसले लगाउँदै आएको छ ।  यता सत्ता पक्षका सांसदले जसरी भएपनि विधेयक पास गराउने बताउँदै आएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस