आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिहानै सडकमा किन निस्किए एम्बुलेन्स ?

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ३६४ पाठक संख्या

काठमाडौं  , माघ ११ : सधै बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स शुक्रबार बिहान राजधानीको चक्रपथमा धेरै संख्यामा निस्किएका छन् । ठूलो संख्यामा एम्बुलेन्स सडकमा निस्किएपछि मानिसलाई आश्चर्य लागेको छ ।

बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स किन निस्किएको भन्ने प्रश्नमा कतिले एम्बुलेन्स चालकको आन्दोलन होला भन्ने प्रतिक्रिया पनि दिए । तर त्यसो नभई शुक्रबार एम्बुलेन्स दिवस परेकाले सडकमा एम्बुलेन्स देखिएका हुन् ।

दिवसको अवसरमा चक्रपथ परिक्रमा गर्नका लागि ठूलो संख्यामा एम्बुलेन्स सडकमा निस्किएका थिए । टिचिङ अस्पतालदेखि निस्किएका एम्बुलेन्स चक्रपथ, गौशाला, बानेश्वर, वीर अस्पताल हुँदै पुनः टिचिङ अस्पतालमा पुग्ने जनाइएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस