आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सामुदायिक बनको मिलोमतोमा नै रौतहटमा हुँदै छ काठ तस्करी

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ३६० पाठक संख्या

रौतहट , माघ ११ :  रौतहटको अन्जुमन सामुदायिक बन समितीले अवैधरुपमा बिक्री गरेको काठ बन गस्ति टोलीले बरामद गरेको छ । समितीले नक्कली नम्वर राखेर सखुवा तथा जामुन प्रजातीको काठ बिक्री गर्ने गरेको गुनासो पछि बन कार्यालयले निगरानी राखेको थियो ।

अनुमती पाएको काठ भन्दा बनमा काचो रुखहरु काटेर बन कर्मचारी लाइ झुक्याउन समितीका केही पदाधिकारीहरुले गोलीयामा नक्कली नम्वर लेखेर बिक्री गर्ने गरेको खुलासा भएको हो ।

रौतहटका बनका जम्दार रामप्रताप साहले सामाजीक संजालमा लेखेका छन “अन्जुमन सामुदायिक बनले राति बिक्री गरेको काठ बन गस्तिटोलीले समाएको छ ।” सो सामुदायिक बन समितीका अध्यक्ष ले यस अघि पनि अवैधरुपमा यसरी नै गोलियाहरु तस्करी गराउदै आएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस