आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करोडौको लागतमा प्रसौनीमा उद्योग स्थापना हुदैं

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ४४२ पाठक संख्या

बारा  , माघ ११ : बाराको प्रसौनी गाउँपालिकामा ठुलो लागतमा उद्योग स्थापना भएको छ । बाराको प्रसौनी गापा–३ स्थित नौतनमा ग्लोबल फार्मास्युटिकल्स प्रा.लि. कम्पनीले ठुलो लागतमा औषधी उद्योग .स्थापना गर्न लागेको हो ।

करिब ३० करोडको लागतमा निमार्ण हुने उद्योगको शिलान्यास प्रसौनी गापाका अध्यक्ष भोला गुप्ताले शुक्रबार गरेका हुन । उद्योग शिलान्यासको क्रममा प्रसौनी २ का वडा अध्यक्ष सुरेश गुप्ता, ३ का वडा अध्यक्ष बैजु साह, ४ का वडा अध्यक्ष आनन्द गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो ।

उद्योग स्थापनाको लागि करिब ३० कट्ठा क्षेत्रफलको जग्गा उपल्बद्ध रहेको उद्योगी ओमप्रकाश सरार्फले जनाए । उद्योग संचालनको पहिलो चरणमै करिब एक सय ६० जना भन्दा अधिक कर्मचारी चाहिने उद्योगी सरार्फले जनाए । उद्योगमा स्थानीयलाई विशेष प्राथमिकता दिइने सरार्फले जनाए । सो औषधी उद्योग अगामी २ बर्ष भित्र संचालनमा आउने छ ।

यता प्रसौनी गापा भित्र स्थापना हुने उद्योगीलाई धन्यवाद भन्दै सक्दो चाडो निमार्ण कार्य सम्पन्न गर्न गापा अध्यक्ष गुप्ताले अनुरोध गरे । प्रसौनी गापाको तर्फबाट चाहिने हरेक किसिमको सहयोग गापाले गर्ने अध्यक्ष गुप्ताले जनाए । आफुले प्रसौनीलाई शिक्षा मैत्री, उद्योग मैत्री तथा स्वास्थ मैत्री बनाउने सपना रहेकोले प्रसौनीको क्षेत्रमा शैक्षिक संस्था, उद्योग तथा अस्पताल स्थापना गर्न सबैसंग आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस