आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश नम्बर २ मा ३५३ वटा मोटरसाईकल सार्वजनिक

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ३८९ पाठक संख्या

 बारा ,  माघ ११ : ट्राफिक प्रहरीले विभिन्न समय र अवस्थामा बरामद गरेको तीन सय ५३ वटा मोटरसाईकललाई शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेर प्रदर्शनीमा राखेको छ । विगत तीन वर्ष देखि बरामद गरिएका उक्त मोटरसाईकललाई कागज पत्रका आधारमा बास्तविक सवारी धनी पत्ता लगाएर जिम्मा लगाउँने उद्देश्यले प्रदर्शनीमा राखिएको हो ।

सोहि क्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा पक्राउ र बरामद गरेको ६१ वटा मोटरसाईकल शुक्रवार पथलैयामा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै ट्राफिक प्रहरीले पछिल्लो तीन वर्षमा पक्राउ र बरामद गरेको मोटरसाईकल सार्वजनिक गरेको हो । बारा र पर्सामा सवारी चेकजाँच गर्ने क्रममा कागज पत्र नभएको , बेवारिसे अवस्थामा फेला परेको र दुर्घटनामा परी नियन्त्रणमा रहेको मोटरसाईकल सार्वजनिक गरिएको प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक किरण बज्राचार्यले जानकारी दिईन् ।

सम्बन्धित सवारी धनी सम्म मोटरसाईकल पु¥याउँन सहज होस् भन्दै सार्वजनिक गरिएको उनको भनाई छ । लामो समय सम्म कोही पनि सम्पर्कमा नआए पछि मोटरसाईकल सार्वजनिक गरेका हौं । धेरैलाई मोटरसाईकल यहाँ रहेको भन्ने थाहा नहुँन सक्छ । प्रहरी उपरिक्षक बज्राचार्यले भनिन् । यसरी सार्वजनिक गरिए पछि मोटरसाईकल धनी सम्पर्कमा आउँन सक्छन् । आवश्यक कागज पत्र उपलब्ध गराएर सवारी लैजान सक्ने छन् ।

३५ दिन भित्र कार्यालयमा सम्पर्क गरेर सवारी लग्न सकिने बज्राचार्यले जानकारी दिईन् । बज्राचार्यले प्रदेशका अन्य जिल्लामा पनि एकै साथ बरामद गरिएको मोटरसाईकल सार्वजनिक गरिएको जानकारी दिईन् । बज्राचार्यका अनुसार दुई नम्बर प्रदेशको आठ वटै जिल्लामा तीन सय ५३ वटा मोटरसाईकल सार्वजनिक भएको छ । ३५ दिन सम्म पनि सम्बन्धित धनी सम्पर्कमा नआए अन्य प्रक्रिया सुरु गरिने बज्राचार्यले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस