आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रतिपक्षीको विरोधलाई प्रतिनिधि सभाले रक्षा गर्छः भट्टराई

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ५०२ पाठक संख्या

काठमाडौं  , माघ ११ : नेकपाका नेता योगेश भट्टराईले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा गरेको विरोध संसदीय मान्यता अनुरुप रहेकाले प्रतिनिधि सभाले रक्षा गर्ने बताउनु भएको छ । शुक्रबारको प्रतिनिधि सभाको निर्णयले चिकित्सा शिक्षा विधेयकमा क्रान्तिकारी फड्को मारेको समेत उहाँको दाबी छ । प्रतिपक्षीसँग विभिन्न चरणका छलफलहरुले सार्थकता नपाएपछि बहुमतले पारित गर्नु परेको उहाँको भनाइ छ ।

गुणस्तरीय चिकित्सकको उत्पादन गर्नका लागि यो विधेयकले ठूलो भुमिका खेल्ने नेता भट्टराईले उल्लेख गर्नुभयो । सही, सस्तो मूल्यमा गुणस्तरीय चिकित्सा शिक्षा पाउनु नेपाली बिद्यार्धीको अधिकार भएको उहाँको भनाइ छ । विदेशी व्यापारीहरुलाई यो विद्येयकले धक्का पु¥याएको भन्दै नेता भट्टराईले अनशनरत डा. गोविन्द केसीको जीत भएको बताउनु भयो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले डा. केसीलाई अनशन तोडेर नबुझेका बिषयमा छलफल गर्न आग्रह गर्नुभयो । उहाँले डा. केसीले जीन्दगीभर आनसन बस्नु नपर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘डा. केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ ।’

नेता भट्टराईले गिरिजा प्रसाद कोईरालाका नाममा रहेको तनहुँको अस्पताल र सुशील कोईरालाका नाममा रहेको नेपालगञ्जस्थित अस्पताललाई सरकारले उचित रकम छुट्याएर स्तरोन्नती गर्ने बताउनुभयो । कांग्रेसका केही नेताहरुले कुरै नबुझी संसदमा गल्फत्ती गरेको उहाँको भनाइ छ । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले ती अस्पतालका बिषयमा संसदमा स्पष्ट पार्ने कार्यसूची थियो तर कांग्रेसको अवरोधले बोल्न पाउनु भएन ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस