आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करेन्ट लागेर धनुषामा ९ जनाको मृत्यु

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ४५१ पाठक संख्या

AP संवाददाता 

जनकपुरधाम,माघ ११ : धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ९ जना जन्ती (बाराती) को घटनास्थलमै मृत्यू भएको छ । 

धनुषाको सबैला नगरपालिका अन्तर्गत पर्ने बल्टिया कोठियामा विजुलीको पोलमा प्रवाह भईरहेको ११ हजार भोल्टको तार ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसमा छुँदा घटनास्थलमै ९ जना जन्तीको मृत्यू भएको प्रारम्भिक खवर प्राप्त भएको छ । 

प्राप्त जानकारि अनुसार वसको छतमा राखेको बाकसमा विजुलीको तार छोएपछि करेन्ट प्रवाह भएर ९ जनाको मृत्यु भएको छ ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको जीतपुर टोलबाट धनुषाको बल्टिया कोठियामा जन्ती बोकेर आउँदै गरेको बसले ११ हजार भोल्टको तार छोएपछि बसभरि नै करेन्ट प्रवाह भएर बसमा सबारमध्ये ९ जनाको मृत्यू भएको तथा अन्य जन्तीहरु गम्भिर घाईते भएको छ । घटना वारेमा विस्तृत विवरण आउन वाकि रहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस