आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पत्रकार इच्छुकको गाउँमा सञ्चार सङ्ग्रहालय बनाइने

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ३५४ पाठक संख्या

घोराही  , माघ १३ : स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको नाममा पत्रकार महासंघले इच्छुक सङ्ग्रहालय निर्माण गर्ने भएको छ । पत्रकारका लागि चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिने र पत्रकारितासँग जोडिएका इतिहाससमेत समावेश गरेर महासंघको प्रदेश ५ को अगुवाइमा सङ्ग्रहालय स्थापना गरिने जनाइएको छ ।

महासंघको ५ नम्बर प्रदेशले शुक्रबार र शनिबार दुई दिनसम्म अर्घाखाँचीको सितगङ्गा नगरपालिकामा आयोजना गरेको ‘सङ्घीय संरचनामा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीद इच्छुकको नाममा सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताएपछि महासंघ उक्त कार्यका लागि हौसिएको हो ।

मुख्यमन्त्री पोखरेलले स्व इच्छुक एक अध्ययनशील व्यक्ति भएकाले उहाँको नाममा सञ्चार सङ्ग्रहालयको पहल थालिनु गौरवको काम हो भन्नुभयो ।

पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले स्थलगत अध्ययन गरेर पत्रकार इच्छुकको गाउँमा सञ्चार सङ्ग्रहालय निमार्णको काम शुरु गर्ने गरी निर्णय गरिसकेको जानकारी दिनुभएको छ ।

इच्छुक सङ्ग्रहालयमा इच्छुकको नाममा स्मृति पार्क र सालिक बनाइने छ भने सञ्चार भवन निर्माण गरी सञ्चारसँग सम्बन्धित सबै विषयवस्तु राखिने छ ।

जनता जनता समाचार

प्रतिक्रिया दिनुहोस