आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झापामा आगलागी, लाखौंको धनमाल क्षति

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ४३० पाठक संख्या

झापा  , माघ १३ : कनकाई र गौरादह नगरपालिकामा आगलागी भएको छ । आइतबार बिहानैदेखि भएको आगलागीमा करिब ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको जनाइएको छ ।

गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, दुई मन तोरी, चार चौपाया, फर्निचरका सामान र भाडावर्तन जलेर नष्ट भएको छ । आगलागी बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार साँझ कनकाई नगरपालिका–४ का लंकबहादुर खड्काको घरमा आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ । खड्काको फुसको छानो र टाटी बेरा लगाएको एकतले घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ कुखुरा जलेर नष्ट भएको जिप्रका झापाले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस