आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराजा ज्ञानेन्द्र शाह आज सिमरा आउदै

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ४३६ पाठक संख्या

माघ १३ : दुई हप्ता भन्दा बढी समय पोखरामा बिताएर फर्केको एक महिना पुग्दा नपुग्दै पूर्वराजा ज्ञानेन्द्र शाह आज सिमरा आउदैछन्।सिमरालाई केन्द्र बनाएर वरपरका जिल्ला भ्रमणका लागि पत्नी कोमल शाहसहित उनी आउन  लागेका हुन्।

सिमरा रहँदा बालसखा तथा सल्लाहकार प्रभु शमशेर राणाको निवासमा रहने गरेका उनी यसपटक पनि त्यहीँ रहनेछन्।आज अपरान्ह ४ बजे हवाई मार्गबाट सिमरा आउने कार्उक्रम रहेको र उनी त्यहाँ कति समय रहने भन्ने तय भएको छैन।केही दिन सिमरामै रहेर उनी त्यतैबाट पूर्वी तराईको झापाको दमकस्थित आफ्नो चियाबगानमा जानेछन्।

‘झापा जाने कार्यक्रम छ, तर कहिले जाने भन्ने तय छैन’ निर्मल निवास स्रोतले भन्यो, ‘उहाँ सिमराबाट स्थलमार्ग हुँदै झापा जानु हुनेछ।’२ पुषमा हवाई मार्गबाट पोखरा पुगेका पूर्वराजा शाह काठमाडौँ फर्कंदा चाहिँ स्थलमार्ग प्रयोग गरेका थिए।निकटस्थहरुसँगको कुराकानीमा पूर्वराजा शाहले आफूलाई हवाई मार्ग भन्दा स्थलमार्ग रमाइलो लाग्ने बताउने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस