आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा एक बन्दुकधारीद्वारा गोली प्रहार गरी पाँच जनाको हत्या

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ३३५ पाठक संख्या

माघ १३ : अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली प्रहार गरेर पाँच जनाको हत्या गरेका छन् । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँच जनाको मृत्यु भएको हो ।

लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षीय डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ ।गोली प्रहारपछि थेरिओट भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ र किथ थेरिओटमाथि पनि गोली प्रहार गरेका थिए ।गोली लागेर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस