आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तीन दिन सार्वजनिक बिदा

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ५२१ पाठक संख्या

काभ्रे  , माघ १३ :  तेमाल, महाभारत र रोशी गाउँपालिकाले तामाङ समुदायको ड्वाल्हो सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । ती गाउँ पालिकामा तामाङ समुदायको बाहुल्य छ । तीन वटै गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

ड्वाल्हो सोनाम ल्होछारमा चौँरीदेउराली गाउँपालिकाले पनि २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको छ । गाउँपालिकाले माघ २२ र २३ गते बिदा दिने निर्णय गरेको हो ।सम्बन्धित गाउँ तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै बिदा दिने निर्णय गरिएको ती गाउँपालिकाले जनाएका छन् ।

रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछारमा सार्वजनिक बिदा दिइएको बताउनुभयो । उहाँका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।

तेमाल गाउँपालिकाले पनि सोनाम ल्होछारका लागि  माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिनुभयो । महाभारत गाउँपालिकाले पुस २५ गते नै ल्होछारमा तीन दिन बिदा दिने निर्णय गरेको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस