आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इँट्टाकाे भाउ बढ्यो

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ४३८ पाठक संख्या

बाँके  , माघ १३ :  जिल्लाका इँट्टा उद्योगले मूल्य बढाएका छन् । इँट्टाकाे मूल्य स्तर अनुसार प्रतिगोटा १ देखि २ रुपैयाँ वृद्धि भएको छ ।

नेपाल इँट्टा उद्योग व्यवसायी संघ, बाँकेका अध्यक्ष जियानुल खाँनले कच्चा पदार्थको भाउ बढेपछि इँट्टाकाे मूल्य बढाउनु परेको बताउनु भयो । ‘‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढिरहेको छ’ उहाँले भन्नु भयो, ‘इँट्टाकाे लागि नभई नहुने पत्थर कोइला, माटो, बालुवा सबैको मूल्य निकै चुलिएको छ । कर्मचारीको पारिश्रमिक पनि बढिरहेको छ । यही कारण इँट्टाकाे भाउ बढाउन बाध्य भएका छौ ।’

अध्यक्ष खानका अनुसार ९ देखि १० रुपैयाँ रहेको दुई नम्बर लालपेटी र खञ्जड इँट्टाकाे मूल्य प्रतिगोटा ११ कायम गरिएको छ । एक नम्बर अर्थात् अब्बल इँट्टा प्रतिगोटा १५ कायम गरिएको छ । अब्बल इँट्टा मूल्य अहिले १३ रुपैयाँ छ ।  नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने अध्यक्ष खाँनले जानकारी दिनुभयो ।

पुसदेखि जेठसम्म ईट्टा उत्पादनको उपयुक्त समय मानिन्छ । जिल्लामा ५० बढी इँट्टा उद्योग छन् । उत्पादित इँट्टा कर्णाली प्रदेश र काठमाडौँसम्म जाने गर्छ । मूल्य वृद्धिसँगै घर बनाइरहेका र घर बनाउन चाहेकाका लागि आर्थिक व्ययभार बढ्ने भएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस