आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विकास विरोधी चरित्र नदेखाउनुहोस्

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ४८४ पाठक संख्या

माघ १३ : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेश आन्दोलनको ध्वाँस नदेखाउन चेतावनी दिनुभएको छ ।मन्त्री यादवले मुख्यमन्त्री राउतलाई विकास विरोधी चरित्र प्रदर्शन नगर्न सुझाव दिँदै चेतावनी दिनुभएको हो ।

आइतबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेश सरकारको बोली र व्यवहारमा ठेगान नरहेको आरोप समेत लगाउनुभयो । मन्त्री यादवले प्रदेश २ सरकार विकास तथा समृद्धिप्रति प्रतिबद्ध नभएको भन्दै जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनका लागि सत्तारुढ संघीय समाजवादी फोरम नेपाललगायत सबै दल सहमत रहेका बेला जानकारी बिनै प्रदेश सरकारले जनकपुर चुरोठ कारखाना लिमिटेड कब्जा गरिरहेको बताउनुभयो । उहाँले कारखाना सञ्चालनमा अवरोध गर्ने मनसायले मधेश आन्दालेनका नाममा गतिविधि भइरहेको बताउनुभयो ।

मन्त्री यादवले मुख्यमन्त्री राउतलाई जचुकाली सञ्चालनका लागि वातावरण बनाउन भन्दै मुख्यमन्त्रीको कार्यालयले विस्तार गरेको क्षेत्र हटाउन भन्नुभएको छ । उहाँले जचुकाली सञ्चालनका लागि ४ जना चाइनिज र २ जना भारतीय लगानीकर्ताहरुसँग निरन्तर संवाद र सम्पर्क भइरहेको भन्दै विदेशी लगानीकर्ताहरु जचुकाली अनुगन गर्न जनकपुर आईरहेका बेला जचुकालीको बोर्ड समेत हटाएर कारखाना सञ्चालन प्रति गम्भिर नहुनु दुःखद रहेको बताउनुभयो । जचुकालीलाई पब्लिक–प्राईभेट पार्टनरसीप अनुसार चलाउने तयारीस्वरुप छलफलहरु भइरहेको मन्त्री यादवको भनाई थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस