आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफ्रिकी खेलाडीलाई ‘काले’ भनेपछि सरफराजलाई प्रतिबन्ध

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ४३० पाठक संख्या

काठमाडौँ  , माघ १३ :  अन्तरराष्ट्रिय क्रिकेट काउन्सीलले पाकिस्तान टिमका कप्तान सरफराज अहमद माथि चार खेलको प्रतिबन्ध लगाएको छ ।

सरफराजले दक्षिण अफ्रिकासँगको दोस्रो खेलमा अफ्रिकी खेलाडी एंडिल फेहलुकवायो माथि नश्लिल टिप्पणी गरेका थिए । आइसीसीको एंटी रेसिज्म कोडको उल्लंघन गर्ने सरफराजलाई चार खेलको प्रतिवन्ध लगाइएको हो । आइतबार आइसीसीले ट्वीट गरेर यसको जानकारी दिएको हो । चार खेलको प्रतिबन्धका साथै सरफराजले एउटा शैक्षिक कार्यक्रममा पनि सहभागी हुनुपर्ने आइसीसीले जनाएको छ ।

सरफराजले आफ्नो गल्तीमा माफि मागेको कुरालाई ध्यानमा राखेरे कारवाही गरेको आइसीसीका मुख्य कार्यकारी अधिकारी डेविड रिचर्डसनले बताएका छन् । आइसीसीको यो निर्णय सँगै सरफराज दक्षिण अफ्रिका विरुद्धको बाँकी दुई खेलमा खेल्न नपाउने भएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस