आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेमीसँग मिलेर आफ्नै छोराको हत्या

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ५४२ पाठक संख्या

काठमाडौं , माघ १४ : एक महिलाले प्रेमीसँग मिलेर आफ्नै छोराको हत्या गरेका छन् । घटना लुकाउनको लागि महिलाका प्रेमीले एम्बुलेन्स बोलाएर अस्पताल लैजान लागेको थिए । तर एम्बुलेन्सका ड्राइभरलाई शंका लागेपछि उनले प्रहरीलाई खबर गरेका थिए । यो अखबर भारतको राजधानी दिल्लीको हो ।

मृत्यु हुनेमा ३० वर्षीय रविन्द्र रहेको प्रहरीले जनाएको छ । रविन्द्र उत्तर प्रदेशको खरैया गाउँमा बस्ने गर्थे । दिल्लीमा रविन्द्र उनकी आमा र दुई भाईहरु एउटा भाडाको कोठामा बस्दै आएका थिए । बिवाह भईसकेका रविन्द्र श्रीमतीसँगको विवादपछि राजधानी दिल्ली बसेको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाईन संस्करणमा उल्लेख छ ।

के हो खास घटना ?
शनिबार राती छोरा रविन्द्र कामबाट घर फर्कदा उनले आफ्नी आमा सुभद्रालाई एक परपुरुषको साथमा आपत्तीजनक अवस्थामा फेला पारेका थिए । रविन्द्रले आमा र उनका पतिलाई गालीगलौज गर्दै हप्काएपछि आमा र उनका प्रेमीलाई रविन्द्रको हत्या गरेका थिए ।

त्यसपछि उनीहरुले रविन्द्रको शवलाई रातभरी कोठमा नै राखेको प्रहरीले जनाएको छ । भोलिपल्ट विहान शुभद्रा आफ्ना दुई छोराहरुलाई लिएर प्रेमी अजीतको साथ नोएडा पुगिन् र एम्बुलेन्सलाई फोन गरिन् । एम्बुलेन्सका ड्राइभर कोठामा पुग्दा रविन्द्रको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यति समयसम्म अजित, शुभद्रा र उनका दुई बच्चाहरु त्यहाँबाट फरार भईसकेका थिए ।

घटनास्थलबाट प्रहरीले एउटा रुमाल र रगतले लतपतिएको ईट्टा बरामद गरिएको थियो । प्रहरीले शवलाई पोस्टमार्टमको लागि पठाएको छ । प्रहरीबाट बच्नको लागि शुभद्रा पे्रमी र दुई बच्चलाई लिएर आफ्नो छोरीको घरमा गएकी थिइन् । त्यहाँ उनले रविन्द्रको सडक दुर्घटनामा मृत्यु भएको भन्ने झुटो खबर दिएकी थिइन् । प्रहरीलाई दिएको बयानमा शुभद्रा र अजितले आफुहरु रक्सीको नशामा रहेको बताए । पहिला रुमालले छोराको हत्या गरिदिएको र ईट्टाले टाउकोमा हानेको शुभद्राको भनाई छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस