आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रिन्सालाई बचाउन सहयोगी हात बढ्दो, जीतपुर बासीले गरे ४० हजार एक सय नगद सहयोग

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ४४९ पाठक संख्या

AB डेस्क
जीतपुर, माघ १४ : जीतपुर बासिद्धारा प्रिन्साको उपचारार्थ ४० हजार एक सय आर्र्थिक सहयोग गरेको छ । विद्युतको तारबाट घाईते भई काठमान्डौमा अपचारार्थ प्रिन्सालाई सहयोग गर्ने उद्धेश्य सहित जीतपुरका स्थानियले आर्थिक सहयोग गरेको हो । सोमवार एक कार्यक्रमको आयोजना गरी प्रिन्साका हजुर बुवालाई जीतपुरका अभियन्ताले सो ४० हजार एक सय रुपैया नगद सहयोग गरेको हो ।

‘प्रिन्सा बचाउ’ अभियान अन्तरगत जीतपुरका स्थानिय जीतेन्द्र सर्राफ समपैण, श्रवण गुप्ता, अनिल तिवारी, सागर सर्राफ, सुरज महतो, नरेश यादब लगाएत शनिवर, आईतवार र सोमबार सो रकम संकलन गरेका थिए । शनिवार, आईतवार र सोमवार गरीएको संकलनबाट संकलित रकमलाई सोमबार साझ जीतपुरमा औपचारीक कार्यक्रमको आयोजना गर्दै सो रकम प्रिन्साका अभिभावकलाई हस्तान्तरण गरीएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा जीतपुरका पुर्व गा.वि.स. अध्यक्ष देवनारायण चौधरी, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक रामउदय राउत शर्मा, स्थानिय समाजसेवि राजुराज गिरी, रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, स्थानिय आफताब आलम, सुमन गुप्ता, ईर्शाद आलम, मनिर अंसारी, मनोहर सोनी, जाहिर हुसेन लगाएत स्थानिय संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी प्रिन्सा बचाउ अभियान अन्तर्गत नेपाल अटो मेकानिक्स् टे«ड यूनियन प्रदेश नं २ जीतपुरसिमरा उप महानगरपालिका नगरकमिटिलेपन िवालिका प्रिन्सा न्यौपानेको उपचारर्थ ३५ हजार ९ सय १६ रुपयाँ आर्थिक सहयोग गरेको छ ।

नेपाल अटो मेकानिक्स् टे«ड यूनियनले आज एक कार्यक्रमका विच संकलन भएको रकम वालिका प्रिन्साका पिता राजु न्यौपानेलाई हस्तान्तरण गरेको हो । सो क्याम्प मार्फत संकलन भएको सम्पुर्ण रकम प्रिन्साको उपचारका लागि सहयोगार्थ उनका पिता राजु न्यौपानेलाई हस्तान्तरण गरिएको नेपाल अटो मेकानिक्स् टे«ड यूनियन जीतपुरसिमरा उपमहानगरपालिका नगरकमिटिका उपाध्यक्ष बिदुर सुवेदीले जानकारी दिनुभयो ।

सो मोटरसाईकल सर्भिस क्याम्प मार्फत जितपुरवाट ६ हजार २ सय ८५, सिमरावाट १५ हजार १ सय ३० र डुमरवानावाट ३ हजार ५ सय ५० रुपयाँ संकलन भएको थियो भने थप केही रकम स्थानिय समाजसेवी तथा मोटरसाईकल संगठनहरुवाट प्राप्त भएको उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

सिमरा निवासी प्रिन्सालाई केहिदिन अघि घर नजिकै रहेको ११ हजार भोल्टको करेन्ट लागेको थियो । करेन्ट लागी घाईते भएकी प्रिन्साको अहिले काठमाण्डौमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस