आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला पत्रकार सम्मेलन चितवनमा हुने

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) २७२ पाठक संख्या

काठमाडौं , माघ १५ :  महिला पत्रकारहरुको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । नेपाल पत्रकार महासंघ महिला समितिले माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो । सम्मेलनमा ७ वटै प्रदेशबाट सहभागिता रहने समितिले जनाएको छ । सम्मेलनमा पत्रकार महासंघका केन्द्रका पूर्वसदस्य, पदाधिकारी लगायतका महिला पत्रकारलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ ।

महिला पत्रकारसँग सरोकार राख्ने महिला पत्रकारका विभिन्न मुद्धामा केन्द्रित रहने कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय महिला पत्रकारहरुको समेत सहभागिता हुने भएको छ । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट तीन सयको हाराहारीमा पत्रकार महिलाको सहभागी रहने नेपाल पत्रकार महासंघकी सचिव तथा महिला समितिकी संयोजक लक्ष्मी पुनले जानकारी दिनु भयो।

भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनिभूत छलफल हुने छ । भेलाले पत्रकारिता क्षेत्रमा महिला सहभागिता तथा नेतृत्व क्षमतालाई थप बलियो बनाउन र पत्रकार महिलाको दक्षता विकासका लागि मागनिर्देशन गर्ने विश्वास लिइएको छ

भेलालाई सफल पार्नका लागि चितवन शाखा कार्यसमितिमा जिम्मेवारी विभाजन गरी काम अघि बढाइएको शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताउनु भयो। उहाँले भेला सम्पन्न गर्नका लागि विभिन्न १६ वटा उपसमिति गठन गरिएको जानकारी दिनुभयो । सम्मेलनलाई सभ्य र व्यवस्थित तुल्याउन महासंघ चितवनले जिल्लास्थित अगुवा पत्रकार महिलाको भेला गराई सहयोग गर्न आग्रहसमेत गरेको महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी गराउनु भयो

सम्मेलनमा सबै प्रदेश कमिटी, जिल्ला शाखा र प्रतिष्ठानका महिला नेतृत्व, महासंघको केन्द्रीय समिति, केन्द्रीय समितिका पूर्वमहिला नेतृत्वहरु, पत्रकार महिलाका संस्थाका नेतृत्वको सहभागिता रहने महासंघका केन्द्रीय सदस्य सृजना अर्यालले बताउनु भयो सम्मेलन पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस