आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बुधबारदेखि वर्षा र हिमपातको सम्भावना

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४२१ पाठक संख्या

काठमाडौं  , माघ १५ :  बुधबारदेखि देशका विभिन्न भूभागमा हल्का वर्षासँगै कतिपय स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशका पहाडी भेगमा आंशिक बदली हुने भएपनि बाँकी भागमा मौसम सफा रहनेछ भने देशका पूर्वी र मध्य पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार र बिहीबार दिउँसो देशका पश्चिमी र मध्य क्षेत्रलगायत पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी भेगका उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस