आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कल बाइपास उपकरणसहित भारतीय पक्राउ

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ३७५ पाठक संख्या

नेपालगञ्ज  , माघ १५ :  कल पाइपास उपकरणसहित नेपालगञ्ज नाकाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जी रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा उनलाई पक्राउ गरेको प्रहरी नायव निरीक्षक वसन्त बस्नेतले जानकारी दिनुभयो ।

चटर्जीको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई थान सीमकार्ड तथा भारतीय नम्बरका सीमकार्ड नौ थान, एटीएम कार्ड, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस