आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वयुवराज पारसलाई केही दिन अस्पतालमै राखिने

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ५९६ पाठक संख्या

काठमाडौं  , माघ १५ :  हृदयाघातपछि सोमबार अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ ।

सोमबार अपराह्न हृदयाघात भएपछि उहाँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएको पाइएपछि चिकित्सकले कोरोनरी एन्जियोप्लास्टी र स्टेन्ट प्रत्यारोपणपछि धमनीको अवरोध खुलाएका थिए । मंगलबार शाहलाई सीसीयूमा सारिएको र अझैपनि खतरामुक्त अवस्था नभएको जनाइएको छ ।

शाहको उपचारमा डा.यादवदेव भट्ट नेतृत्वको टोली संलग्न रहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस