आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कस्ता हुन्छन् ‘ट्याटु’का शौखिनहरु ?

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४७१ पाठक संख्या

काठमाडौं , माघ १५ :  अचेल युवा पुस्ता ट्याटु भनेपछि हुरुक्कै हुन्छन् । शरीरका विभिन्न भागमा ट्याटु खोप्ने बढ्दै गएका छन् । तर, शोखले खोपिएको ट्याटुले असामान्य शारीरिक समस्या निम्त्याउनसक्ने तथ्य सार्वजनिक भएको छ ।

फ्लोरिडाको मियामी विश्वविद्यालयका अध्ययनकर्ताले गरेको अनुसन्धानले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

अनुसन्धानका अनुसार, जसको शरीरमा ट्याटु भएका व्यक्ति सामान्यतया मानसिक रुपमा तनावमा रहन्छन् । यतिमात्र होइन, उनिहरुमा निन्द्रा नलाग्ने समस्या देखिनेछ । यस्ता व्यक्तिले निकै जोखिमपूर्ण व्यवहार देखाउँछन् । झगडा गर्ने, धुम्रपान–मध्यापन गर्ने मात्र होइन, जेल जान पनि सजिलै तयार हुन्छन् ।

अनुन्धानले यो पनि बताएको छ कि, शरीरमा ट्याटु बनाउनेहरुले धेरैसँग यौनसम्बन्ध राख्छन् । यतिमात्र होइन, यस्ता व्यक्ति सामान्य ढंगले यौन साथी परिवर्तन गरिरहन्छन । उनीहरु आफैँ जोखिम मोल्न तयार हुने भएकाले असुरक्षित यौन सम्बन्ध पनि राख्छन् ।

जनमत संकलनका लागि गरिएको अनुसन्धानमा १८ देखि २९ वर्ष सम्मका २ हजार व्यक्तिको सहभागी थियो । तीमध्ये ४० प्रतिशतले ट्याटु बनाएका थिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस