आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘…यस्तोे म्यासेज आउँदा एकदमै रिस उठ्छ’

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४२४ पाठक संख्या

काठमाडौं , माघ १५ :  नायिका वर्षा राउत अहिलेकी चर्चित र ब्यस्त नायिका हुन् । पछिल्लो समय उनको अभिनय रहेको चलचित्र ‘सय कडा दश’ र ‘गोपी’ प्रदर्शनको तयारीमा छ । दुवै चलचित्र एउटै मितिमा प्रदर्शन हुने भएपछि वर्षालाई अहिले चलचित्रको प्रचारप्रसार गर्न आपत परेको छ । त्यसमाथी बिहेको चटारोले उनलाई अहिले यता जाउँ कि उता भएको छ ।

बिवाह र चलचित्र प्रोमोशनको चटारोमा जति नै ब्यस्त भएपनि वर्षाको मिडियासँगको सम्बन्धमा भने कमि आएको छैन । उनी हिजोआज उत्तिकै मिडियामा छाएकी छन् । उनि अभिनित चलचित्र ‘गोपी’ले मंगलबार राजधानीमा प्रिमियर गर्यो । प्रिमियरमा चलचित्रकर्मी, बिभिन्न राजनीतिक दलका नेता, सांसद तथा कृषि मन्त्रीको समेत उपस्थिती थियो ।

सोही कार्यक्रममा उपस्थित वर्षाले फ्यानहरुको कुनै–कुनै म्यासेजले आफुलाई एकदमै रिस उठ्ने बताएकी छन् । आउँदो फागुन २ गते प्रेमी संजोग कोईरालासँग बिवाहबन्धनमा बाँधिन लागेकी उनलाई बिवाहको विषयलाई लिएर आएका म्यासेजहरुको कारण एकदमै रिस उठेको बताएकी हुन् ।

‘बिवाहपछि वर्षाले फिल्म खेल्छ की खेल्दैन ?’ भन्ने प्रश्नको जवाफमा वर्षाले आफुलाई आएको म्यासेजको प्रसङ्ग कोट्याएकी हुन् । वर्षा अभिनित चलचित्र ‘दाल भात तरकारी’को नयाँ गीत ‘भिजिट भिसामा’ बोलको गीतको शैलीमा उनलाई म्यासेज आउने गरेको वर्षाले खुलाइन् ।

‘एउटा म्यासेजमा ‘वर्किङ भिषामा, बिहे गरेर जाने भयो संजोगको घरमा वर्किङ भिषामा’ आएको छ’ अनुहारको मुद्रामा परिवर्तन ल्याउँदै वर्षाले भनिन्, ‘यस्तै अर्को म्यासेजमा यस्तो ‘स्वाभलम्बी मान्छे अर्काको घरमा गृहणी बन्न जादैँछौ त्यसको लागि शुभकामना’ भन्दै म्यासेज आएको छ ।’ यस्ता म्यासेजहरुले आफुलाई एकदमै रिस उठ्ने अन्तर्वार्ताको क्रममा वर्षाले बताएकी छन् ।

यस्तै सँगै रहेका संजोगले भने उनलाई घरमा वा बाहिर कुनैपनि काम गर्नको लागि रोकतोक नहुने बताएका छन् । ‘संजोग कोइरालाको परिवारले कामलाई धर्म मान्छ’ संजोगले भने, ‘त्यसैले उसको (वर्षाको) धर्म परिवर्तन कसैले पनि गर्दैैन ।’ बिवाहपछि वर्षाले अहिले गरेको भन्दा अझ उत्कृष्ट काम गर्ने संजोगको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस