आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१३ करोडमा आलियाले किनिन् तेश्रो अपार्टमेन्ट

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ३५८ पाठक संख्या

माघ १५ : बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ । आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि उनको माग चर्को छ । यसैले पनि आलियाको आम्दानी पनि लोभलाग्दो नै छ ।

आलियाले अपार्टमेन्ट खरिदमा पनि लगानी गरिरहेकी छिन् । उनले हालैमात्र, जुहुमा महंगो रकममा अपार्टमेन्ट किनेकी छिन् । जुहुमा उनले किनेको अपार्टमेन्टको मुल्य १३ करोड बताइएको छ । २३ सय स्क्वायर फिटमा फैलिएको यो अपार्टमेन्ट खरिद गरेपछि आलियासँग ३ वटा अपार्टमेन्ट भएका छन् ।

आलियाले डबल रकम खर्च गरेर यो अपार्टमेन्ट किनेको चर्चा छ । अपार्टमेन्टको वास्तविक मुल्य ७ करोड हारहारीको भएपनि आलियाले १३ करोड लगानी गरेकी छिन् । आलियाले अभिनय गरेका चलचित्रहरुमा ‘गली ब्वाई, कलंक, ब्रम्हास्त्र, ताक्त, सडक २’ लगायतका छन्, जुन रिलिजका क्रममा छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस