आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटन प्रवद्धन विषयक रेडियो बहस सिमरामा सम्पन्न

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४१५ पाठक संख्या

सिमरा, माघ १५ : रेडियो सिमरा ९१.२ मेगा हर्जको आयोजनामा बारा जिल्लाको पर्यटन प्रवद्धन, जितपुरसिमरा उपमहानगरपालिकाको भुमिका र रोजगारी बिषयक जनसरोकार रेडियो बहस कार्यक्रम जितपर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालय सिमरामा सम्पन्न भएको छ ।

कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल,उधोग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष तथा होटल ब्यावसायी संघका अध्यक्ष मोहन शर्मा,दलित महिला अधिकारकर्मी लक्ष्मि नेपाली र सरोकारवालाको बिचमा बहस कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पर्यटनको बिकास कसरी गर्न सकिन्छ,पर्यटन बिकास संगै गरीबीको रेखामुनि रहेकाहरुलाई उपमहानगरपालिकाले कस्ता खालका रोजगारीको अवसर सृजना गर्न सक्छ यावत बिषयमा बहस भएको हो ।

कार्यक्रममा बोल्दै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले उपमहानगरपालिका बहुआयामिक संक्रमणको अवस्थामा रहेकोले बिस्तारै रोजगारीको अवसर सृजना गदै जाने बताउनु भयो । उहांले रोजगार संयोजकको ब्यावस्था गर्ने र रोजगारदाताको तथ्यांक संकलन गरेर बिस्तारै बेरोजगारी समस्या समाधान गदै जाने बताउनु भयो ।
एक अर्को प्रसंगमा मेयर पोडेलले यस बर्ष जस्तो आगामि दिनहरुमा पटक पटक महोत्सबको अनुमति नदिइने स्पष्ट पार्नु भयो यहांले जितपुर सिमरा उपमहानगरपालिका यस क्षेत्रमा पर्यटन बिकासका लागि बिभिन्न कार्यक्रमका साथ अघि बढीरहेको जानकारी समेत दिनु भयो ।

त्यसैगरी उधोग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष तथा होटल ब्यावसायी संघका अध्यक्ष मोहन शर्माले गांउघरमा छरिएर रहेका सिपहरुलाई बजार सम्म ल्याउनु जरुरी रहेको उल्लेख गदै यस क्षेत्रको पर्यटन प्रवद्धनका लागि आफुहरु लागि परेको स्पष्ट पार्नु भयो । उहाले उपमहानगरपालिकाले संचालन गर्ने रोजगारमुलक कार्यक्रमलाई आफुहरुको तर्फ बाट पुर्णरुपमा सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

दलित महिला अधिकारकर्मी लक्ष्मि नेपालीले स्थानिय सरकारले पर्याप्त रोजगारीको अवसर सृजना गर्नु पर्ने उल्लेख गदै अहिले सम्म प्रभावकारी रुपमा कामहुन नसकेको बताउनु भयो । उहांले रोजगारीमा सबैको पहुच हुनु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलले यसक्षेत्रमा पर्यटनको बिकास भएमा बढदो बेरोजगारी समस्या अन्त्य गर्न सकिने स्पष्ट पादै इच्छा शक्ति भएमा सबै समस्या समाधान गर्न सकिने दाबि गर्नु भयो ।

सिता अधिकारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ट,वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ट,समाजसेबिहरु रबिन्द्र खकुरेल,सुशिल ढोडारी,रामदास ध्वजु, पूर्णचन्द्र तिमल्सेना,राजेन्द्र गौतम, रत्न उप्रेति,लेखनाथ खतिवडा,बेलि पाठक,सुगन्धी पासवान सञ्चारकर्मी विदुर खड्का ,कार्यक्रम समुहका सत्य श्रेष्ठ, अनिल तिवारी, तुलसा घिमिरे लगाएत सरोकारवाला, स्थानियबासि, बुद्धिजिविको उपस्थिति रहेको थियो ।

……………………….
नेकपाका टांगियाबस्तिका आले प्रति श्रदान्जली दिइयो, आलेजस्तो होनाहार कार्यकर्ता गुमाउनु पर्दा सिंगो पार्टीलाई नै स्तब्द बनाएको पुर्व मन्त्रि पौडेलको भनाई
बारा १५ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जितपुर सिमरा उपमहानगरपालिका १६ नम्बर वडा कमिटी सदस्य टांगियाबस्ति देबि आलेका पति एवंम होनाहार कार्यकर्ता अर्जुन आले मगरको आज एक समाहरोहका बिच नेकपाको झण्डा ओडाएर अन्तिम श्रदान्जिली ब्यक्त गरीएको छ । नेकपाका नेता एवंम पुर्व मन्त्रि पुषोत्तम पौडेलले पार्टीको झण्डा ओडाउनु भएको हो । सो अवसरमा नेता पौडेलले स्व. आले मगरको योगदानको चर्चा गदै पार्टीले होनाहार कार्यकर्ता गुमाउनु पर्दा सिंगो पार्टीलाई नै स्तब्द बनाएको बताउनु भएको थियो ।
श्रदान्जली कार्यक्रममा नेकपाका नेताहरु एक बहादुर श्रेष्ट,दिलबहादुर लामा,वडा नम्बर १६ का अध्यक्ष केदार बजगांइ,रमेस सापकोटा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस